शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘हनी बनी’ मा भित्रिए भारतीय कलाकार अभिमन्यु

बिहीबार, २९ वैशाख २०७९, १३ : ११
बिहीबार, २९ वैशाख २०७९

फिल्म ‘हनी बनी’ मा भारतीय कलाकार अभिमन्यु तोमार अनुबन्धित भएका छन् । निर्देशक दिवाकर भट्टराईले फिल्मको मुख्य अभिनेताको रूपमा उनलाई भित्र्याएको हो ।

केही अगाडि अभिनेता अनमोल केसीले फिल्म छोडेपछि निर्माण युनिटले अभिमन्यु रोजेको हो । फिल्मको मुख्य भूमिकामा अभिमन्यु रहने निर्देशक भट्टराइले जानकारी दिए । ​तोमारले हिन्दी गीतका म्युजिक भिडियोमा देखिँदै आएका छन् । २७ वर्षीय अभिनेता तोमार दिल्लीका स्थानीयवासी हुन् । सन् २००९ बाट उनले मोडलिङ करिअर थालेका थिए ।

फिल्म ‘हनी बनी’मा तोमारले नेपाली अभिनेत्री जसिता गुरुङसँग फिल्मी रोमान्स गर्नेछन् । सलोन बस्नेतको समेत मुख्य भूमिका रहने फिल्म छायाङ्कनका लागि निर्देशक भट्टराई र अभिनेता सलोन लण्डन पुगिसकेका छन् । अभिनेत्री जसिता पनि लण्डनमै छिन् । अभिमन्यु पनि छिट्टै पुग्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप