धनुषामा निर्वाचनको सम्पूर्ण तयारी पूरा, सुरक्षा व्यवस्था चुस्त
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि धनुषामा आवश्यक सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको छ । स्थानीय तहको निर्वाचन स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थासहित सबै पूरा भएको धनुषा प्रहरीले जनाएको छ ।
धनुषाको १८ वटै स्थानीय तहका मतदान केन्द्रमा मतपेटिका, मतपत्र लगायतका सामग्री पुगिसकेको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै मतदानस्थलमा नेपाल प्रहरी र म्यादीसहितको सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी उनले दिए । सुरक्षका लागि सशस्त्र प्रहरी र नेपाली सेना पनि परिचालन भएको उनको भनाइ छ ।
धनुषाको हरेक मतदानस्थलको सुरक्षाका लागि २ हजार नेपाल प्रहरी र ३ हजार १२१ म्यादी प्रहरी गरी कूल ५ हजारभन्दा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । यद्यपि, धनुषामा अझै केही सुरक्षाकर्मीको माग गरिएको उनको भनाइ छ ।
प्रहरी नायब उपरीक्षक क्षेत्रीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मतदानस्थलसहित हरेक स्थानीय तहमा सादा पोशाकका प्रहरी र निर्वाचन अनुगमनका लागि मानवअधिकार सहितको टोली तथा स्वयंसेवक परिचालन गरिसकिएको छ ।
मदिरा निषेध तथा सीमा नाका बन्द
शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा स्थानीय प्रशासनले भारतसँग जोडिएका सीमा नाकाहरु बन्द गरेको छ भने मदिरा समेत निषेध गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्था अनुसार आदेश जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
मंगलबार राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्मका लागि धनुषा जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा) को बिक्रीवितरण र सेवन कार्य निषेध गर्नुका साथै मंगलबार राति १२ बजेदेखि ३० वैशाखसम्म भारतीय सीमासँग जोडिएका सीमा नाकासमेत पूर्णरूपमा बन्द रहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान