बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

धादिङमा काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, घाइते ३ जनालाई काठमाडौं ल्याइयो

बिहीबार, २९ वैशाख २०७९, ११ : १५
बिहीबार, २९ वैशाख २०७९

धादिङमा सत्तारुढ गठबन्धन माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । नीलकण्ठ नगरपालिका–६ भोर्लेमा झडप हुँदा २० जना घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते ३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले रातोपाटीलाई बताए ।

गएराति मौन अवधिमा भोट माग्न हिँडेको निहुँमा दुई समूहबीच झडप भएको थियो । घाइते हुनेमा अधिकांश नेपाली काँग्रेसका कार्यकर्ता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप