बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वामदेव गौतमले भोट नहाल्ने

बिहीबार, २९ वैशाख २०७९, १० : ५८
बिहीबार, २९ वैशाख २०७९

 नेता वामदेव गौतमले यो पटकको स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । नेकपा एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका गौतम एमाले विभाजन भएसँगै राजनीतिमा सक्रिय छैनन् । उनले आफू ‘न्युट्रल’ बसेकाले यो पटक मतदान पनि नगर्ने बताए । 

बर्दियाको बाँसगढी नगरपालिका वडानम्बर १ को मतदाता रहेका गौतमले भने, ‘म केही समयदेखि राजनीतिमा न्युट्रल बस्दै आएको छु, अहिले पनि त्यसै गर्छु, त्यसैले यो पटक मतदान गर्दिनँ ।’ गौतम राष्ट्रिय सभा सदस्य समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप