मोरङको कानेपोखरीमा काँग्रेस एमाले कार्यकर्ताबीच झडप
बिहीबार, २९ वैशाख २०७९, १० : ००
मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको छ । बुधबार राति साढे १० बजे कानेपोखरी गाउँपालिका २ दलेली बजार नजिकै दुई पक्षबीच झडप भएको हो ।
झडपमा युवासंघ मोरङका अध्यक्ष नवीन पौडेल घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार दुवै समूह मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजार नजिक रहेको विपन्न बस्ती पुगेका थिए । दुई समूहबीच जम्काभेट भएपछि झडप भएको हो ।
झडपमा घाइते भएका पौडेलको टाउकोमा चोट छ । इलाका प्रहरी कार्यालय पथरीबाट पुगेको प्रहरी टोलीले घटना स्थलबाट एउटा मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय माेरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले घटनाको अनुसन्धान भइरहेको बताए । घटनामा संलग्नहरू फरार रहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै