उत्तर कोरियामा पहिलो आधिकारिक कोभिड सङ्क्रमण पुष्टि, देशव्यापी लकडाउन लागू
उत्तर कोरियाले आफ्नो पहिलो आधिकारिक कोभिड सङ्क्रमण पुष्टि गरेपछि कडा राष्ट्रिय लकडाउनको आदेश दिएको छ। राज्यद्वारा सञ्चालित मिडियाले राजधानी प्योङयाङमा ओमिक्रोनको सङ्क्रमण भेटिएको रिपोर्ट गरे पनि केसहरूको सङ्ख्या भने बताएको छैन।
केसीएनएले यसलाई "सबैभन्दा ठूलो आपत्कालीन घटना" को संज्ञा दिँदै यसले देशको "क्वारेन्टाइन फ्रन्ट" लाई उल्लङ्घन गरेको जिकिर गरेको छ । यसका लागि नेता किम जोङ-उन आपत्कालीन वार्तामा रहेको पनि जानकारी दिएको छ ।
तर पर्यवेक्षकहरू भने यो भाइरस लामो समयदेखि देशमा रहेको विश्वास गर्छन् । उत्तर कोरियाले आफ्नो जनसङ्ख्यालाई कोभिड-19 खोप कार्यक्रम सञ्चालन गरेको छैन । चीनले बनाएको सिनोभ्याक खोप र एस्ट्राजेनेका खोप दिने दुवै प्रस्ताव उत्तर कोरियाले अस्वीकार गरेको थियो । देशले महामारीको सुरुवात भएदेखि नै सीमाना बन्द राखेर भाइरसलाई रोक्न राष्ट्रले लक्ष्य लिएको थियो ।
बीबीसीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’