शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाले असिग्राम ‘ख’ बाट मतदान गर्ने

बिहीबार, २९ वैशाख २०७९, ०८ : ०७
बिहीबार, २९ वैशाख २०७९

प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् ।

निर्वाचन कार्यालयका अनुसार गन्यापधुरामा कुल  १०  हजार ४१४  जना मतदाता  छन्  । यो गाउँपालिकामा १४ वटा मतदान केन्द्र छन् । सहायक मतदान अधिकृत दिलीप तामाङका अनुसार देउवाको मतदाता नामावली रुवाखोलामा छ । आइतबार साँझबाट देउवा गृह प्रदेशमा छन् । उनी शुक्रबार मतदानपछि मात्र काठमाडौं फर्किँदै छन् ।


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप