शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हिंसात्मक झडपपछि राष्ट्रपति राजापाक्षेद्वारा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन

बिहीबार, २९ वैशाख २०७९, ०६ : ४०
बिहीबार, २९ वैशाख २०७९

श्रीलङ्कामा प्रदर्शन सुरु भएयता राष्ट्रपति गोटाबाया राजापाक्षेले पहिलो पटक देशका नाममा सम्बोधन गरेका छन् । उनले सरकार समर्थक र सरकार विरोधी प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपको निन्दा गरेका छन् । यी झडपमा ३ सय जना घाइते भएका छन् ।

राष्ट्रपति राजापाक्षेले एक साताभित्र नयाँ मन्त्रिपरिषद् गठन गर्ने बताएका छन् । यो मन्त्रिपरिषद्मा उनका भाइ महिन्दा राजापाक्षेको स्थानमा कसैलाई स्थान दिइनेछ । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षे सोमबार राजीनामा दिन बाध्य भएका थिए ।

यसअघि केन्द्रीय बैंकले आगामी दुई दिनभित्र नयाँ सरकार गठन नभए मुलुकको अर्थतन्त्र धराशायी हुन सक्ने चेतावनी दिएको थियो । बैंकका गभर्नर डा. नन्दलाल वीरसिङ्घेले ​सरकार विरोधी आन्दोलन जारी रहेमा इन्धन र खाद्यान्नको अभाव झन् विकराल हुने बताएका थिए। यस्तो अवस्थामा श्रीलङ्काका जनताले दिनमा १२ घण्टा विद्युत् कटौतीको सामना गर्नुपर्ने हुनसक्छ ।

आन्दोलनले उग्र रूप लिएपछि बिहीबारसम्म देशमा कर्फ्यु लगाइएको छ । लुटपाट लगायतका हिंसात्मक घटनामा संलग्न जो कोहीलाई पनि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्न र गोली चलाउन अनुमति दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप