बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीको जीतमा डि ब्रुयनाको चार गोल

बिहीबार, २९ वैशाख २०७९, ०६ : ३१
बिहीबार, २९ वैशाख २०७९

केभिन डि ब्रुयनाको चार गोलको मद्दतले म्यानचेस्टर सिटीले वुल्भ्समाथि गोल वर्षा गरेको छ । बुधबार राति भएको खेलमा सिटी ५-१ गोलले विजयी हुँदै शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन सफल भएको हो ।

डि ब्रुयनाले खेलको सातौँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर लगत्तै वुल्भ्सले एक गोल फर्कायो । त्यसपछि भने सिटीले एकतर्फी गोल वर्षा गरेको थियो । २४ मिनेटभित्र डि ब्रुयनाले आफ्नो ह्याट्रिक पुरा गरे भने दोस्रो हाफमा उनले अर्को गोल थपे । खेलको अन्त्यतिर राहिम स्टर्लिङले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।  पेप ग्वार्डिओलाको टोलीलाई लिग उपाधि जित्न अब अन्तिम दुई खेलबाट मात्र चार अंक बटुले पुग्छ । पछिल्ला पाँच सिजनमा टोलीको यो चौथो उपाधि हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप