बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट

बिहीबार, २९ वैशाख २०७९, ०६ : १९
बिहीबार, २९ वैशाख २०७९

खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको  छ । मौन अवधिमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले माओवादी केन्द्रका कार्यकर्ता पदम राईलाई कुटपिट गरेको दाबी गरिएको छ ।

पदम बुधबार हलेसीबजारबाट घर गैरीगुठ जानेक्रममा बाटोमा कुटिएका हुन् । ७ जनाको समुहले ‘कता हिँडेको, कहाँ हिँडेको, आफ्नो टोलमा जा’ भन्दै कुटपिट गरेको पदमले बताए । उनलाई हलेसीस्थित एक क्लिनिकमा सामान्य उपचारपछि जिल्ला अस्पताल लगिएको छ ।

‘हलेसीबाट घर जानेक्रममा एउटा घरमा बिसाइरहेका थियौं । कहाँ हिँडेको, के गर्न हिँडेको, आफ्नो गाउँ जा भन्दै कुटपिट गर्‍यो,’ पदमले भने, ‘दिपक राईले हात हालेपछि केदार लगायत सात जनाको समुहले कुटपिट गर्‍यो । भागेर ज्यान बचाएँ ।’  

मौन अवधिमा भोट माग्दै गरेको भेटिएपछि पदममाथि हातपात भएको जानकारी आएको कांग्रेस जिल्ला उपसभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले पनि भोट मागेकै विषयमा सामान्य झगडा भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप