मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

शेष घलेविरुद्ध कानुनी कारबाहीमा जाने एनआरएनएको चेतावनी

बुधबार, २८ वैशाख २०७९, २१ : ३९
बुधबार, २८ वैशाख २०७९

गैरआवासीय नेपाली संघले संस्थाको लोगो दुरुपयोग गर्नेविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । बुधवार संघले एक विज्ञप्ति जारी एनआरएनको आधिकारिक नाम र लोगोको अनाधिकृत रुपमा प्रयोग भएको भन्दै कानुनी कारबाहीको चेतावनी दिएको हो ।

संघका प्रवक्ताद्वय सोम सापकोटा र शिवकुमार बरुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘संघको आधिकारिक निकायबाहेक अन्य जो कोहीले पनि संघको लोगो र लेटरहेड प्रयोग सम्बन्धी कार्यविधि विपरित गैरआवासीय नेपाली संघको नाम र लोगो दुरुपयोग गरी प्रेषित गरिएका पत्रहरूप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ ।’

अनाधिकृत रुपमा संघको नाम र लोगोका दुरुपयोग गरी पठाइने कुनै पनि पत्र गैरआवासीय नेपाली संघको आधिकारिक पत्र नभएकोले यससम्बन्धि कुनै पनि भ्रममा नपर्नका संघले सबैलाई अनुरोध गरेको छ ।  संघका पूर्वअध्यक्ष शेष घले समूह र उनले अध्यक्षका रुपमा अघि सारेका विनोद कुँवरले लोगो दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप