सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठानमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप

बुधबार, २८ वैशाख २०७९, २१ : १९
बुधबार, २८ वैशाख २०७९

प्युठानमा मौन अवधिमा भेला भएका सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताको बीचमा झडप भएको छ । सरुमारानी गाउँपालिका–३ मा झडप हुँदा ४ जना घाइते भएका प्युठानकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले रातोपाटीलाई बताइन् । 

घाइते हुनेहरुमा शंकर विश्वकर्मा, टेकेन्द्र मर्स्याङ्दी, गुमानसिंह लम्तरी र रमेश राना छन् । घाइते मध्येका रमेश राना सत्तारुढ गठबन्धनका कार्यकर्ता हुन् । उनलाई उपचारका लागि बुटवल लगिएको छ । अरु ३ जना एमालेका कार्यकर्ता हुन् । उनीहरुको सरुमारानीमा नै उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप