शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा धनगढीका मतदान अधिकृत भट्ट घाइते

बुधबार, २८ वैशाख २०७९, १९ : ३४
बुधबार, २८ वैशाख २०७९

धनगढीका मतदान अधिकृत दिजराज भट्ट मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत भट्ट दुर्घटनामा परेर घाइते भएका हुन् ।

भट्ट सवार से१प ११६८ नम्बरको मोटरसाइकलसँग सु.प ०१.००१ च.२८८९ स्कारपियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप