गाउँ फर्कनेको चापले अरनिको राजमार्गमा घण्टौँ जाम

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण अरनिको राजमार्ग खण्ड अस्तव्यस्त बनेको छ । मतदानका लागि बुधबारदेखि बिहानैदेखि घर फर्कनेको दुई तथा चारपाङ्ग्रे सवारीसाधनको लर्को लागेपछि अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारीदेखि काभ्रे धुलिखेलसम्मै घण्टौँ सडक जाम भएको हो ।
बिहानैदेखि बस स्टेसनमा बस चढ्न प्रतीक्षामा बसेकाको घुइँचो देखिन्थ्यो भने साना तथा ठूला गाडी रिजर्भ गरेर गाउँ फर्कने र सार्वजनिक यातायातमा गाउँ फर्कने सवारीसाधनको समेत एकै पटक चाप बढेपछि अरनिको राजमार्ग घण्टौँ जाम भएको हो । महानगरीय प्रहरी वृत्त जगातीका अनुसार आज बिहान ४ बजेदेखि नै भक्तपुर हुँदै पूर्वतर्फ जाने यातायातको साधनको चाप ह्वात्तै बढेपछि सडक जाम भएको हो । आज दिनभरि नै सडक जाम हुँदा ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीले जानकारी दिएको छ ।
धुलिखेल अस्पताल जान थिमीबाट बिहान ८ बजे बस चढेका यात्रु ११ बजे मात्रै पुगेको भन्दै कम्तीमा दुई घण्टा जाममा परेको थिमि राधेराधेकी सन्तोषी खड्काले बताए । मोटरसाइकल, माइक्रोबस, सुमो र ठूला बस गरी आज मात्रै एक हजारभन्दा बढी यातायातका साधन पूर्वतर्फ गएको प्रहरीको भनाइ छ । काभ्रेबाट भक्तपुरतर्फ फर्किंदा समस्या नभए पनि काभ्रेतर्फ जाने सडक जाम भएपछि च्यामासिंह, ताथली नाला हुँदै बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ । दुईतर्फी बाटोबाट यातायातका साधन पठाए पनि सडक जाम भने दिउँसो २ बजेसम्म उत्तिकै रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेटमा सरकारका ७ सिद्धान्त, २५ प्राथमिकता
-
चैत महिनामा झनै घट्यो मूल्यवृद्धि, काठमाडौँको वृद्धिदर सबैभन्दा कम
-
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
-
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
-
एक महिनामा भित्रियो १ खर्ब ४० अर्ब रेमिट्यान्स
-
बुढाथोकी बने राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्ष