रसुवागढी नाका बन्द
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द भएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय नाका बन्द भएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार मंगलबार राति १२ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्मका लागि रसुवागढी नाका बन्द भएको हो । स्थानीय तहको निर्वाचनको व्यवस्थापकीय कार्यलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मतदानको ४८ घण्टा अगाडि नाका बन्द गरिएको उनले बताए । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै मंगलबार रातिदेखि शुक्रबार रातिसम्म नाका बन्द हुने जानकारी चिनियाँ पक्षलाई गराइसकेको उनले बताए । मंगलबार चिनियाँ पक्षले चिनिया १४ कन्टेनर सामान नेपाली भूमिमै ल्याइदिएका थिए । नाका शनिबारबाट पुनः सञ्चालनमा आउने भएको छ । नाका बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै सञ्चालन हुने गरेको छ ।
कोरोना महामारी सुरुभएसँगै चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको छ । चीनले आफ्नै गाडीमा नेपाल तर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । रसुवागढी नाकाबाट अहिले दैनिक ९ चिनिया गाडीमै नेपाल सामान आयात हुने गरेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड अनलोड गर्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् ।
चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपाल तर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भित्रिने गरेको छ भने नेपालबाट केरुङ तर्फ हस्तकलाका सामाग्रीहरु जाने भए पनि कोरोना संक्रमण सुरुभएयता चीनले एकतर्फी मात्र नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ । त्यसैगरि निर्वाचनलाई मध्यनजर राख्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । स्थानीय तहको निर्वाचनमा अवाञ्छित क्रियाकलाप नहोस् भनेर चेकजाँचमा कडाइ गर्नुका साथै गस्तीको कार्यलाई समेत तीव्र बनाएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन