शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङमा दुई दिन पैदल हिँडेर मतदान केन्द्रमा पुगे सुरक्षाकर्मी र कर्मचारी

बुधबार, २८ वैशाख २०७९, १८ : ५१
बुधबार, २८ वैशाख २०७९

मतदान गर्ने समय नजिकिएसँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभूमि गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् । सोमबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मंगलबार मतदाता केन्द्रमा पुगेका हुन् । उनीहरुले मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, चारकिल्ला तोक्ने लगायतका गतिविधिहरू गर्नेछन् ।

मनाङका चार वटै स्थानिय तहका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यका अनुसार मनाङको नार्पाभुमी गाउँपालिकाको ५ वटा मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् । स्थानीय तहको निर्वाचनका लागि मनाङमा दुई सय बढी कर्मचारी र ७ सय बढी सुरक्षाकर्मी खटिएका छन् ।

निर्वाचनका लागि मनाङमा २८ वटा मतदान केन्द्र कायम भएको छ । मनाङमा नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा नौ–नौ मतदान केन्द्र, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा पाँचवटा मतदान केन्द्र कायम भएको छ । मनाङमा ६ हजार ४ सय ९६ मतदाता छन । जसमा महिला ३ हजार ३ सय ४८ र पुरुष ३ हजार १ सय ४८ छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप