
कोरोना संक्रमणको जोखिम कायमै, जनस्वास्थ्यका नियम पालना गर्न आग्रह

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण मत्थर भएपनि जोखिम कायम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । छिमेकी राष्ट्र भारतमा कोरोनाभाइरस संक्रमण दर वृद्धि भइरहेकाले नेपालमा पनि संक्रमणको उच्च जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा.संगिता कौशल मिश्राले बताइन् ।
कोरोना संक्रमितको सङ्ख्यामा कमी आएपनि महामारीको जोखिम कायम रहेकाले सबैलाई जनस्वास्थ्य नियम पालना गर्न डा.मिश्राले आग्रह गरिन् । यही वैशाख ३० गते हुने स्थानीय तह चुनावको मतदान केन्द्रमा अनिवार्य मास्कको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै, कोरोना संक्रमणबाट जोगिन अनिवार्य रुपमा साबुन पानी हात धुन तथा सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न मन्त्रालयले आग्रह गरेको छ । कोरोनाभाइरस विरुद्धको खोप लगाउन छुटेका र पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका बुस्टर डोज लगाउन डा.मिश्राको आग्रह छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ