
सर्वोच्च अदालतको पूर्ण बैठकमा न्यायिक सुधारबारे प्रस्तुतीकरण

सर्वोच्च अदालतको पूर्ण बैठकमा न्यायिक सुधारबारे छलफल भएको छ । बुधबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा पूर्ण बैठक बसेको हो । बैठकमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने तथा न्यायिक सुधारका लागि चाल्नुपर्ने विविध उपायसहितको प्रस्तुति गरेका थिए ।
उक्त प्रस्तुतिपछि सर्वोच्च न्यायाधीशहरुसहित कायम मुकायम प्रधान न्यायाधीशले आ–आफ्नो बिचार राखेका थिए । प्रस्तुतिमा उठेका सुधारका विषयहरुलाई व्यवहारिक रुपमा कार्यान्वयनमा लैजानको लागि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संयोजक रहेको मुद्दा व्यवस्थापन समितिमा आवश्यक गृहकार्य गरी सुधारका मार्गचित्र सहितको कार्ययोजना तयार गर्ने जिम्मेवारी प्रदान गरिएको सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ