नौ महिनामा २५ खर्ब ६८ अर्बको अन्तर–बैंक कारोबार
बुधबार, २८ वैशाख २०७९, १७ : ५७
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो नौ महिना २५ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको जनाएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिको सो कारोबार भएको हो । उक्त अवधिमा वाणिज्य बैंकहरुको २२ खर्ब ९९ अर्ब २२ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को २ खर्ब ६९ अर्ब ६८ करोड रुपैयाँ अन्तर–बैंक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ८ खर्ब ७५ अर्ब ५० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको १ खर्ब ५९ अर्ब ४२ करोड रुपैयाँ गरी कुल १० खर्ब ३४ अर्ब ९२ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी