‘काठमाडौंको फाेहोर व्यवस्थापनमा फुटपाथको व्यापार र कवाडी कलेक्टर ठूलो समस्या’ (भिडियो कुराकानी)

लेखक तथा सामाजिक अभियन्ता शिव प्रकाशले काठमाडौं उपत्यका र त्यसमा पनि काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा फुटपाथको व्यापार र कवाडी कलेक्टर ठूलो समस्या भएको बताएका छन् । विगत लामो समयदेखि अमेरिकाको वोस्टनमा बस्दै आएका शिव प्रकाशले विश्वका कुुनै पनि शहरमा काठमाडौंमा जस्तो फुटपाथ र कवाडी कलेक्टरहरूलाई छुट नभएको बताए । काठमाडौंका नदी किनाराका अव्यवस्थित बस्तीले पनि काठमाडौं अस्तव्यस्त भएको उनको भनाइ छ।
काठमाडौं महानगरसहित उपत्यकालाई नै सफा, धुलो धुुवाँरहित बनाउन नीतिगत रुपमा फुटपाथका व्यापारी, कवाडी कलेक्टर र नदी किनाराको बस्तीको उचित व्यवस्थापन गर्न राज्यका निकायहरू लाग्नुपर्ने उनको धारणा छ ।
यस्तै सडक पेटिका कुकुर, निर्माण व्यवसायका क्रममा सडक पेटिमा राखिने निमार्ण सामग्रीमाथि पनि राज्यले निगरानी राख्नुपर्नेमा उनको जोड छ । विश्वका ठूला र विकसित राष्ट्रहरूमा पनि उल्लेखित विषयमाथि राज्य संवेदनशील हुनाले शहरहरू धुलो, धुवाँ तथा ध्वनी प्रदुषण मुक्त हुन सफल रहेको पनि उनको भनाइ छ ।
भिडियो हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति अनुसार शिक्षा ऐन नआए राहत शिक्षकहरूले ‘गर या मर’ को आन्दोलन गर्ने
-
जेठ मसान्तभित्र एकता प्रक्रिया टुङ्ग्याउने गरी माओवादी र नेसपाबिच सहमति !
-
अस्ट्रेलियन भूमिमा खेलिएको टेस्टमा तेहरो शतक बनाउने पहिलो ब्याट्सम्यानको निधन
-
‘ऊनको स्वीटर’ को ओपनिङ कस्तो ?
-
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित
-
राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री ओली