बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

श्रीलङ्काका राष्ट्रपतिले दिए ‘जातिय हिंसा’ भड्किन सक्ने चेतावनी

बुधबार, २८ वैशाख २०७९, १७ : ०८
बुधबार, २८ वैशाख २०७९

श्रीलङ्काका राष्ट्रपति गोताबाया राजापाक्षले आम सर्वसाधारणलाई जातिय र धार्मिक वैमनस्यता बढाउने प्रयासको विरोध गर्न आह्वान गरेका छन् ।  देशमा छाएको चरम आर्थिक संकट सम्बोधन गर्न सरकार असक्षम भएको विरोधमा धेरै स्थानमा हिंसा भड्किरहँदा राजापाक्षको यस्तो आह्वान आएको हो । 

यो साता विभिन्न स्थानमा सडक प्रदर्शन हिंसात्मक हुँदा ८ को मृत्यु भएको थियो । प्रधानमन्त्री महिन्द्रा राजापाक्षका दाइको राजीनामापछि पनि प्रदर्शन कम भएको छैन । सरकारले अहिले फौजलाई सार्वजनिक सम्पतिमा हानी पुर्याउने र कसैको ज्यान जोखिममा पार्नेलाई देख्ना साथ गोली हान्न आदेश दिएको छ । 

यही साता प्रदर्शनकारीहरूले राजापाक्षको पुस्तौनी घर नै जलाइदिएका थिए ।  बुधबार एक ट्वीट गर्दै राजापाक्षले सर्वसाधरणसमक्ष आह्वान गरेका छन् ,‘म सम्पूर्ण श्रीलङ्कन वासीहरुलाई देशलाई जातीय तथा धार्मिक हिंसातर्फ धकेल्ने प्रयासलाई अस्वीकार गर्न आह्वान गर्छु । संयम, सहिष्णुता र सहअस्तित्वको प्रवद्र्धनले महत्वपूर्ण भूमिका खेल्छ ।’

राजापाक्षले यस्तो धम्की के आधारमा दिए भन्ने प्रष्ट पारेनन् । तर श्रीलङ्काले  विगतमा दशकौँ लामो हिंसात्मक जातिय द्वन्द भोगिसकेको इतिहास छ ।  सन् २००९ मा २६ वर्षदेखि अल्पसंख्यक तमिल समुदायले चलाइरहेको सशस्त्र द्वन्द्व अन्त्य हुँदा महिन्दा राजापाक्ष देशका राष्ट्रपति थिए । सेनाले तमिल विद्रोही लडाकूलाई हराएपछि युद्ध अन्त्य भएको थियो । 

२.२ करोड जनसंख्या भएको श्रीलङ्कामा बहुसंख्यक बौद्धमार्गी सिन्हाला झण्डै ७५ प्रतिशत छन्। तमिल हिन्दू, मुस्लिम र क्रिश्चियन प्रमुख अल्पसंख्यक समुदाय हुन्।   सोमबारको हिंसापछि देशभर लागु हुने कर्फ्यु बुधबारदेखि खुल्ने कुरा थियो । तर सरकारले बुधबार कर्फ्यु पुनः २४ घण्टा बढाएको छ । 

कर्फ्यु र सार्वजनिक सम्पतिमा हानी पुर्‍याउनेलाई गोली हान्ने आदेश माझ पनि मंगलबार प्रदर्शनकारीले राजापाक्षको एक आफन्तको विलासी होटल जलाएर नष्ट गरिदिए ।  –अल जजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप