आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एन्फा अध्यक्ष शेर्पाले झुटो आरोप लगाएर मेरो चरित्र हत्या गरे : पूर्व अध्यक्ष थापा

बुधबार, २८ वैशाख २०७९, १६ : ४१
बुधबार, २८ वैशाख २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध झुटो आरोप लगाएर एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले चरित्र हत्या गरेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै आफूमाथि लगाएका आरोपहरू प्रमाणित गर्न चुनौती दिएका छन् । साथै थापाले आफूआथि लागेका आरोपहरू प्रमाणित भएमा फुटबलको कुरा गर्न छोडिदिने बताएका छन् । 

‘अध्यक्ष शेर्पाले ममाथि झूटा आरोप लगाएर मेरो चरित्र हत्या गर्ने काम गरे । उनले लगाएका ओरोपहरुमध्य कुनै एक आरोप मात्र सत्य भएमा म फुटबलको कुरा गर्न नै छोड्ने छु,’ थापाले भने ।  थापाले अब यो आरोप प्रति आफू अदालत हुँदै फिफासम्म पुगेर न्यायका अपिल गर्ने बताएका छन् । उनले फिफाबाट प्रतिबन्ध पर्नु पूर्व नै यो कुरामा अपिल नगरेकोमा आफूलाई अहिले पछुतो लागेको बताए । 

उनले शेर्पाको कार्यकाल सकिनु निकै अघिनै आफूले यो कदम चाल्ने योजना बनाएको तर, स्वास्थमा केही समस्या आएको हुँदा अहिले सबै कुरा सार्वजनिक गरेको बताए । उनले जेठ ३ गतेदेखि आफू न्यायका लागि अघि बढ्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप), सर्वाेच्च अदालत, फिफा जस्तो निकायमा न्यायको लागि जाने बताए । ‘मैले पहिले यो कुरालाई स्वास्थमा समस्या आएको कारण बाहिर बताएको थिएन । अब जेठ ३ गतेदेखि म न्यायका लागि बाहिर आउने छु । सबै निकायमा न्यायका लागि अपिल गर्नेछु,’ थापाले भने । 

थापाले आफूले एन्फाको चुनावी माहौललाई बिथोल्नका लागि यो अभ्यास नगरेको बताएका छन् । उनले चुनावभन्दा पनि आफूलाई नयाँ आउने अध्यक्षहरूलाई यस्तो अवस्था भोग्नु नपरोस् भनेर यो कदम चालेको बताए । 

‘सबैलाई अहिले चुनावी माहौललाई भड्काउन यो कुरा बाहिर ल्याएको भन्ने परेको होला । मैले चुनावको माहोल बिथोल्नुभन्दा पनि आगामी अध्यक्षहरुलाई यस्तो नपरोस् भनेर गरेको हो,’ थापाले भने । 

शेर्पाले थापालाई लगाएको भनिएका केही आरोप यस्ता थिए–
सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ भ्रष्टचार गरेको ठहर गरेको 
एन्फा अध्यक्ष शेर्पाले गोल्ड प्रोजेक्टअन्तर्गत १९ लाख डलर एन्फाको अडिटमा नदेखाएको
एन्फाको फिक्स डिफोजिटमा जम्मा गरिएको ८ करोड रुपिया गैरकानुनी तारिकाले जम्मा गरेको
खेलाडी कल्याण कोषमा जम्मा गरेको ५० लाख रुपियाँको स्रोत नखुलेको 
एन्फाको ३२ प्रतिशत रुपैया ब्याजमा लगाएको, साफ च्याम्पियनसिपमा २ करोड ५० लाख आम्दानी भएको जम्मा ८५ प्रतिशत लाख मात्र एन्फाको अडिटमा देखिएको  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप