बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

उपमेयरका उम्मेदवारविरुद्धको मुद्दाको पेशी सर्‍यो

बुधबार, २८ वैशाख २०७९, १६ : ३३
बुधबार, २८ वैशाख २०७९

नेकपा एमालेकी उममेयरकी उम्मेदवार शिल्पा निराला कार्कीविरुद्धको मुद्दाको पेशी सरेको छ । विराटनगर महानगरपालिकाकी उपमेयरकी उम्मेदवार कार्कीविरुद्ध जनता समाजवादी पार्टीका अर्का उम्मेदवार अमरेन्द्र यादवले अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा दायर गरेको  रिटमा  आज सुनुवाई हुन नसकेको हो ।

उक्त मुद्दाको सुनुवाई  शुक्रबार हुने भएको छ । मुद्दा पक्षका अधिवक्ता पेशलकुमार न्यौपानेका अनुसार न्यायाधीश प्रकाश राउत र नहकुल सुवेदीको बेञ्चमा परेको उक्त मुद्दा विपक्षी कार्कीका पक्षबाट बहस गर्न चाहेका इन्द्र अधिकारीका कारण सरेको हो । अधिवक्ता कार्की र न्यायाधीश राउतबीचको नाता सम्बन्ध भएकाले उक्त मुद्दाको आज हेर्न नमिल्ने भन्दै सुनुवाई सरेको हो ।

कोशी अञ्चल अस्पताल सञ्चालक समितिको सदस्य पदबाट राजीनामा नदिई विराटनगर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । कार्की विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा त्यसको सुनुवाइ नभएपनि विवाद सर्वोच्चसम्म पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप