शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मतदाता शिक्षा र परिचयपत्र वितरण गर्न सुरु

बुधबार, २८ वैशाख २०७९, १६ : २६
बुधबार, २८ वैशाख २०७९

निर्वाचन आयोगले  मतदाता  शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न शुरु गरेको छ । देशभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन लिएकाहरुलाई मतदाता परिचयपत्र वितरण सुरु गरेको हो ।  

बुधवार र बिहीवार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरूबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण गरिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताहरूले हालेको मतदान बदर नहोस् भनेर मतदाता शिक्षा दिन लागेको आयोगले बताएको छ । मतदाता शिक्षा लिनका लागि नयाँ पुस्ताहरू अधिकांश मतदान स्थलमा आएको नयाँ बानेश्वर मतदान केन्द्र ‘ग’का मतदान अधिकृत भगवान उप्रेतीले बताए । उनले बिहान १० बजेबाट मतदाता परिचय पत्र वितरण गरेको र वैशाख ३० गतेका लागि आवश्यक तयारी गरिरहेको बताए ।  मतदान अधिकृत उप्रेतीले मतदाताहरूले नमूना मतपत्रमा मत हाल्न सिकाएको बताए ।

यस्तै काठमाडौं जिल्ला अदालतकी कर्मचारी अनुपमा भट्टराईले मतदाता शिक्षासँगै मतदाता परिचय पत्र पनि वितरण गरिरहेको बताइन् । उनले नयाँ मतदाता परिचय पत्र बनाएका र स्थानीय निर्वाचनमा यसअघि मत नहालेका मानिसहरु मत हाल्ने तरिका सिक्न आएको उल्लेख गरिन् ।

यस्तै मतदान हाल्ने तरिका सिक्न र मतदाता परिचय पत्र लिन आएका मतदाताहरू भोट हाल्नका लागि उत्साहित देखिन्छन् । यस वर्ष नयाँ मतपत्रहरू छापिएको र हाल्न नजानेकाहरुको मतपत्र बदर हुनसक्ने भन्दै एकपटक मत हाल्ने तरिका सिक्न आवश्यक रहेको अधिवक्ता भूमिनन्द चुँडालले बताए । उनले यस वर्ष मतदाता शिक्षा भनेजस्तो दिन नसकेको कारण धेरै मतहरु बदर हुनसक्ने सम्भावना रहेको बताए । नयाँ मतदाताहरुलाई मत हाल्न सिकाउनुपर्नेमा उनको जोड छ ।

नयाँ मतदाताहरू आफ्नो मताधिकार प्रयोग गरेर उचित नेतृत्व चयन गर्न उत्साहित देखिएका छन् । उनीहरुले सम्बन्धित ठाउँमा आएर भोट हाल्ने तरिका सोधेर आफ्नो मताधिकारको उचित सदुपयोग गर्न सुझाव दिएका छन् । उनीहरुले अहिले सही र योग्य उम्मेदवार छान्न सके मात्रै भविष्यमा राम्रो कामको प्रतिफल आउने भएकोले सोचेर मतदान गर्न पनि अपिल गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप