बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चंकी पाण्डेले फराह खानको अभिनयमाथि दिए प्रतिक्रिया, जवाफमा फराहले भनिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला’

बुधबार, २८ वैशाख २०७९, १६ : १०
बुधबार, २८ वैशाख २०७९

बलिउड नायिका अनन्या पाण्डेले हालै सोसल मिडियामा एउटा भिडियो सेयर गरिन् जसमा उनी फराह खानसँग देखिएकी छिन् ।

भिडियो सुरु हुने बित्तिकै अनन्याले आफ्नो परिचय दिन सुरु गर्छिन् । यसैबीच फराह बीचमा आउँछिन् र भन्छिन्, ‘अनन्या, अनन्या तिमीले ‘खाली पिली’ का लागि राष्ट्रिय अवार्ड पाएकी छौ ।’ यो सुन्ने बित्तिकै अनन्या खुसी हुन्छिन् । तर त्यति नै बेला फराहले आफूले ठट्टा गरिरहेको बताउँछिन् ।

यो भिडियोमा प्रशंसकदेखि सेलिब्रिटीसम्मकाले प्रतिक्रिया दिइरहेका छन् । यस्तै अनन्याका पिता चंकी पाण्डेले लेखे, ‘फराह तिमीलाई यो भिडियोमा ओभरएक्टिङका लागि अवार्ड पाउनुपर्छ ।’ यो सुन्ने बित्तिकै फराहले प्रतिक्रिया दिँदै लेखिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप