आयोगले मतदान अधिकृतहरूलाई पठायो वैशाख ३० गते पानी पर्ने सूचना

निर्वाचन आयोगले यही वैशाख ३० गते मतदानका दिन पानी पर्नेबारे सबै निर्वाचन अधिकृतलाई सूचना पठाएको छ । जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाका आधारमा पानी पर्ने भएकोले सोही अनुसार व्यवस्थापन गर्न सबै अधिकृतहरूलाई निर्देशन दिइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
उनले भने–‘मौसमविद्हरुले चुनाव हुने दिन पानी पर्छ भनेका कारण त्यस कुरालाई आयोगले तुरुन्तै मध्यनजर गर्दै सबै मतदान अधिकृतहरूलाई सूचना पठाइसकिएको छ । सोही अनुसार मतदान केन्द्र निर्माणका लागि हामीले नगद रकम पनि पठाएका छौँ । त्यही रकमबाट उहाँहरुले त्रिपाल तथा पाल खरिद गर्नुहुनेछ । कतिपय विद्यालय वा सार्वजनिक भवनको छानामुनी मतदान केन्द्र निर्धारण गर्न भनेका छौँ ।’
कम्तिमा निर्वाचन सामग्री सुरक्षित हुने र मताधिकार रक्षा हुने तरिकाले व्यवस्था गर्न निर्देशन दिइएको उनले बताए । यस्तै दुर्गम स्थानबाट मतपेटिका ढुवानीको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयलाई जिम्मेवारी दिएको अर्यालले बताए । अति विकट क्षेत्रको मतपेटिका हवाई माध्यमबाट र यातायात पुगेको ठाउँमा सवारी साधनामा कति सुरक्षाकर्मी चाहिन्छ सोही अनुसार व्यवस्था गरेर सुरक्षित रुपमा मतपेटिका मतगणना स्थलमा पु¥याउन स्थानीय प्रशासनलाई जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको पहलगाममा भएको घटनाप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त
-
तस्बिरमा हेर्नुहोस् एनएसएल विजेता ललितपुरको खुसियाली
-
पोखरालाई हराउँदै ललितपुर लगातार दोस्रो पटक एनएसएल च्याम्पियन
-
भक्तपुरमा पहिलोपटक राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने
-
‘छोरीले साहित्यिक कृति पढ्नुलाई ठुलै पापजस्तो ठानिन्थ्यो’
-
सुरक्षा