
विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने

सरकारी विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने भएको छ । शिक्षा मन्त्रालयले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेसँगै हिउँदे बिदा, वर्षे बिदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिने निर्णय भएको हो ।
यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे बिदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन विदा पाउने व्यवस्था थियो । अब यी सबै बिदालाई कटौती गरी वार्षिक ३० दिन मात्रै बिदा दिने व्यवस्था मिलाउन सर्कुलर जारी गरिएको छ ।
शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि सरकारी र निजी विद्यालयमा सातामा दुई दिन बिदा दिने औपचारिक निर्णय गरेको हो । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ