शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपालगन्जमा भारोत्तोलन खेलाडी चौधरीको अन्तिम संस्कार

बुधबार, २८ वैशाख २०७९, १५ : ४५
बुधबार, २८ वैशाख २०७९

भारोत्तोलन खेलाडी सन्जु चौधरीको अन्तिम संस्कार गरिएको छ । उनको गृहजिल्ला नेपालगन्जमा बुधबार धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको हो । 

त्यसअघि पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे ।  बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री गहतराजले राष्ट्रिय झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गरेका हुन् । 

मंगलबार काठमाण्डौंमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृहनगर लगिएको थियो ।  बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो ।  

श्रद्धाञ्जलीसभामा बोल्दै मन्त्रीले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए ।  १३ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन तर्फबाट स्वर्ण पदक बिजेता खेलाडी चौधरी एसियाली खेलकुदको तयारीका क्रममा ललितपुर बस्दै आएकी थिइन् ।  प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २३ वर्षिया चौधरी मंगलबार बिहान ५ः ३० बजे मृत अवस्थामा भेटिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप