राजदूत शर्माले भारतीय राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र
बुधबार, २८ वैशाख २०७९, १५ : ४०

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् ।
भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
शर्मालाई केही साताअघि सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो ।