उपमेयरका उम्मेदवार सासुको मृत्युपछि बुहारीले पाइन् टिकट
बुधबार, २८ वैशाख २०७९, १५ : ३०
उपमेयरका उम्मेदवारको मृत्यु भएपछि काँग्रेस कपिलवस्तुले महाराजगञ्ज नगरपालिकामा उनकी बुहारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उनकी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
महाराजगञ्ज नगरपालिकामा सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगित गरेको थियो । आयोगले जेठ ३ मा निर्वाचन हुनेगरी नयाँ निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । नयाँ निर्वाचन कार्यतालिका अनुसार काँग्रेसले रितालाई उपमेयर पदको उम्मेदवारी दर्ता गराएको छ । २८ वर्षीय रिताले सासुको सपना पूरा गर्न उम्मेदवारी दिएको प्रतिक्रिया दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण