नेप्सेको सुधार कायमै, ४ दिनमा १२९ अंक बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ५६ अंकको सुधार आएको छ । कारोबार समयदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ५६ अंकले बढेर २३६९ अंकमा पुगेर बन्द भएको हो । यसक्रममा आज २ अर्ब १६ करोड ३९ लाख रुपैयाँ बराबरको ५३ लाख ३३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४४ अंकले बढेको नेप्सेमा १ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
आज पनि दोहोरो अंकले बढेको नेप्से लगातार चौथो दिनदेखि उकालो लागिरहेको छ । साताको पहिलो कारोबार दिन आइतबार १७ अंकले बढेको नेप्सेमा सोमबार १२ अंकको सुधार आएको थियो । यस्तै, हिजो मंगलबार ४४ अंकले बढेको नेप्से परिसूचक आज ५६ अंकले बढेसँगै चार दिनमा १२९ अंकले बढेको हो । यससँगै नेप्से परिसूचक २३ सय ६९ अंकमा पुगेर रोकिएको छ ।
गत सातासम्म निरन्तर घट्दै आएको नेप्से परिसूचक २२०४ अंकसम्म पुगेको थियो । तर, यो साताको पहिलो दिनदेखि बढ्न थालेको नेप्से परिसूचक लगातार १०० अंकभन्दा बढीले बढेर साढे २३ अंकको बिन्दु पार गरिसकेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ वटै समूहमा सुधार आएको छ । यीमध्ये निर्जीवन बीमा समूहमा २४३ अंकको र जीवन बीमा समूहमा २१७ अंकको सुधार आएको छ । यस्तै, लघुवित्त समूह १५३ अंकले र विकास बैंक समूह १५० अंकले बढेको छ । यसैगरी, जलविद्युत समूहमा १३० अंकले र उत्पादनमूलक समूहमा ७० अंकको सुधार भएको छ । यसैगरी, अन्य समूहमा समेत सुधार आएको छ ।
नेप्से परिसूचक ५६ अंकले बढेको दिन आज ६ वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । ती कम्पनीहरूको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको सुधार आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन