शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सकियो ‘२ नम्बरी’ को छायाङ्कन

बुधबार, २८ वैशाख २०७९, १५ : १३
बुधबार, २८ वैशाख २०७९

फिल्म ‘२ नम्बरी’ को छायाङ्कन सकिएको छ । फिल्मको मंगलबारबाट छायाङ्कन सकिएको निर्देशक दीपेन्द्र लामाले बताए । छायाङ्कन सुरु भएको २६ औं दिनमा फिल्म सकिएको निर्देशक लामाले सुनाए ।

फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । पोखरबाट छायांकन सुरु भएको फिल्मको पोखराको आसपासमै छायाङ्कन सकिएको हो ।  दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन र उपासना सिंह ठकुरीको समेत मुख्य भूमिका फिल्ममा छ । 

मित्रताको कथामा बनेको फिल्म कात्तिक ४ मा रिलिज हुनेछ । दुई वर्ष अगाडि कोरोनाको कारण रोकिएको फिल्म कलाकार हेरफेर गरेर छायाङ्कन पुरा भएको हो । फिल्मका निर्माता गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप