बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

म्यादी प्रहरीको शव ल्याउन हेलिकप्टरको माग

बुधबार, २८ वैशाख २०७९, १५ : ०७
बुधबार, २८ वैशाख २०७९

उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । चुनावको सुरक्षामा खटिएका ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विकको लेक लागेर मृत्यु भएको हो ।  उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा मंगलबार लेक लागेका विकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताए । 

मृत्यु भएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउन हेलिकोप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।  निर्वाचन सेलको बुधबार बसेको बैठकले पोष्टमार्टमका लागि शव बोकेर दुनै ल्याउन सक्ने अवस्था नभएकोले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप