बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

सांघाइमा कोरोना बढ्दा टोयाटाले घटायो उत्पादन, ह्वात्तै घट्यो नाफा

बुधबार, २८ वैशाख २०७९, १४ : ५८
बुधबार, २८ वैशाख २०७९

चीनको सांघाइ सहरमा लकडाउन सुरू भएपछि जापानी अटोमोबाइल्स कम्पनी टोयाटाले आफ्नो उत्पादन कटौती गरेको छ । कम्पनीले सांघाइमा भएको लकडाउनका कारणले जापानस्थित उत्पादन केन्द्रको उत्पादन घटाएको हो । 
कम्पनीले एक सातासम्म उत्पादन कटौती हुने उल्लेख गरेको छ । टोयाटा चीनमा बढिरहेको कोरोना महामारीका कारणले उत्पादन कटौती गर्ने पहिलो कम्पनी हो । यसैबीचमा अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले सांघाइमा लकडाउन सुरू भएपछि त्यहाँको उत्पादन प्लान्ट बन्द गरिसकेको छ ।

‘सेमिकन्डक्टर अभावका कारणले मे महिनाको उत्पादन कटौती गर्नुपरेको छ,’ टोयाटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मे १६ देखि २१ गतेसम्मको ८ वटा प्लान्टको उत्पादन प्रभावित बन्छ ।’ टोयाटा विश्वकै सबैभन्दा ठूला कार निर्मातामध्यको एक हो ।

टोयाटाले मे महिनामा विश्वव्यापीरूपमा ७ लाख ५० हजार वटा सवारी उत्पादनको लक्ष्य लिएको थियो । जसमध्ये ५० हजार उत्पादन कटौती हुने भएको छ । यस्तै, चिप अभाव र चीनमा बढ्दो कोरोना लहरका कारण टोयाटाले यही साता आफ्नो नाफा एक तिहाइले खुम्चिएको जानकारी दिएको थियो ।

बिक्रीका हिसाबमा विश्वकै सबैभन्दा ठूलो टोयाटा सवारी उत्पादक हो । कम्पनीले पछिल्लो तीन महिनामा ३.५६ बिलियन अमेरिकी डलरको व्यापार गरेको छ । जुन, अपेक्षाभन्दा निकै न्यून हो । उत्पादन प्लान्ट बन्द गर्ने सूचना र नाफा खुम्चिएको जानकारीसँगै टोकियो स्टक एक्सचेन्जमा कम्पनीको सेयर मूल्य साढे ४ प्रतिशतले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप