शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१ अर्ब बराबरको ऋणपत्र जारी गर्दै लुम्बिनी विकास बैंक

बुधबार, २८ वैशाख २०७९, १४ : २५
बुधबार, २८ वैशाख २०७९

लुम्बिनी विकास बैंक लिमिटेडले १ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । रु.१,००० अंकित दरको १० लाख कित्ताले हुन आउने १ अर्ब रकम बराबरको ‘११% एल.बि.बि.एल डिबेन्चर २०८९’ ऋणपत्र जारी गर्न लागिएको हो ।

जसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ भने ब्याजदर ११%  प्रतिशत रहेको छ । 

उक्त सम्झौतामा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।  ऋणपत्र नियमनकारी निकायहरुको स्वीकृति पश्चात निष्कासन गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप