शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

मौन अवधिभर नाइट क्लबमा पनि मदिरा बिक्री–वितरण निषेध

बुधबार, २८ वैशाख २०७९, १४ : ०९
बुधबार, २८ वैशाख २०७९

स्थानीय तह निर्वाचनको मौन अवधी शुरु भएसँगै स्थानिय प्रशासनले मदिरा बेच्न रोक लगाएको छ । वैशाख २७ को मध्यरातबाट मदिरा बिक्री वितरण तथा सेवन नगर्न काठमाडौं जिल्ला प्रशासनसहित अधिकांश जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेका छन् ।

मौन अवधिमा काठमाडौं उपत्यकाका नाइट क्लवहरु बन्द हुँदैनन् । क्लब खुल्ने भएपनि मदिरा बेच्न र सेवन गर्न जिल्ला प्रशासन कार्यालयले निषेध गरेको छ । मौन अवधिमा रात्रि क्लबहरूमा मदिरा बेच्न र सेवन गर्न रोक लगाइएको काठमाडौंको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । रातोपाटीसँग कुरा गर्दै रिजालले भने– ‘नाइट क्लबहरूमा पनि बिक्री वितरण नियन्त्रण गर्न भनेका छौं, सुरक्षाकर्मीहरुले निगरानी र नियन्त्रण गर्छन् ।’  

स्थानीय तह निर्वाचन निर्देशिका–२०७८ को दफा–७१ अनुसार ‘मादक पदार्थ निषेध गर्ने’ व्यवस्थाअनुसार स्थानीय प्रशासनलाई मदिरा बेच्न र खान निषेध गर्ने कानुनी व्यवस्था छ । वैशाख ३० मा निर्वाचन सम्पन्न नभएसम्म देशभर मदिरा बेच्न र सेवन गर्न पाइदैन । ‘मतदानस्थल र केन्द्रको ३०० मिटर भित्र बेच्न हुँदैन भन्ने हो’ काठमाडौंका प्रजिअ रिजाल भन्छन्–‘अनि मतदातालाई प्रभावित पार्नका लागि मदिराका प्रयोग बढ्नसक्छ भनेर बेच्न र सेवन गर्न निषेध गर्ने निर्णय गरेका हौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप