तुल्सीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ अघि नहुने
दाङको तुल्सीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ गतेपछि मात्रै हुने भएको छ । देशभर शुक्रबार स्थानीय निर्वाचन तोकिए पनि उम्मेदवारको मृत्यु भएका कारण तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७ को निर्वाचन जेठ ३ गते मात्रै हुनेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
वैशाख ३० गते तुल्सीपुर उपमहानगरपालिकाको अन्य वडामा मतदान भएपछि १७ नम्बर वडाको सम्पूर्ण मतदान कार्यक्रम जेठ ३ गतेका लागि सारिएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीका सूचना अधिकारी गहेन्द्र कुँवरले रातोपाटीलाई बताए । जेठ ३ गते नै वडा नम्बर १७ का मतदाताले मेयर, उप मेयरसहित वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई मतदान गर्ने उनको भनाइ छ ।
जेठ ३ गतेको दिन वडा नम्बर १७ को मतदान सकिएपछि सबै प्रक्रिया पुरा गरेर एकसाथ उपमहानगरपालिकाको मतगणना सुरु गरिने उनको भनाइ छ । एमालेका अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको सोमबार बेलुका उपचारको क्रममा निधन भएपछि वैशाख ३० गते निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुनेछ भने वैशाख ३१ गते मध्यरातसम्म प्रचार प्रसार गर्न पाइने छ । यस्तै मनोनयन दर्ताको कार्यक्रम बुधबारका लागि तय गरिएको छ ।
कलेजो र मिर्गौलासम्बन्धी रोगका कारण चौधरीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण