तुल्सीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ अघि नहुने

दाङको तुल्सीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ गतेपछि मात्रै हुने भएको छ । देशभर शुक्रबार स्थानीय निर्वाचन तोकिए पनि उम्मेदवारको मृत्यु भएका कारण तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७ को निर्वाचन जेठ ३ गते मात्रै हुनेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
वैशाख ३० गते तुल्सीपुर उपमहानगरपालिकाको अन्य वडामा मतदान भएपछि १७ नम्बर वडाको सम्पूर्ण मतदान कार्यक्रम जेठ ३ गतेका लागि सारिएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीका सूचना अधिकारी गहेन्द्र कुँवरले रातोपाटीलाई बताए । जेठ ३ गते नै वडा नम्बर १७ का मतदाताले मेयर, उप मेयरसहित वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई मतदान गर्ने उनको भनाइ छ ।
जेठ ३ गतेको दिन वडा नम्बर १७ को मतदान सकिएपछि सबै प्रक्रिया पुरा गरेर एकसाथ उपमहानगरपालिकाको मतगणना सुरु गरिने उनको भनाइ छ । एमालेका अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको सोमबार बेलुका उपचारको क्रममा निधन भएपछि वैशाख ३० गते निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुनेछ भने वैशाख ३१ गते मध्यरातसम्म प्रचार प्रसार गर्न पाइने छ । यस्तै मनोनयन दर्ताको कार्यक्रम बुधबारका लागि तय गरिएको छ ।
कलेजो र मिर्गौलासम्बन्धी रोगका कारण चौधरीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो
-
मार्क्स र लेलिनले देखेको ‘कम्युन’को सपना ओशो तपोवनमा साकार : स्वामी आनन्द अरुण