बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

मोदीको लुम्बिनी भ्रमणको तयारी: सुरक्षाकर्मीको टोली लिएर आइपुग्यो भारतीय वायुसेनाको विमान

बुधबार, २८ वैशाख २०७९, १३ : ५१
बुधबार, २८ वैशाख २०७९

भारतीय वायुसेनाको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको छ ।  भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेशल प्रोटेक्सन गार्ड) को टोली लिएर आएको भारतीय वायुसेना विमान बुधबार बिहान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो ।

बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मीको टोली नेपाल आएको हो । विमानमा भारतीय प्रधानमन्त्री मोदीले प्रयोग गर्ने गाडी समेत ल्याइएको छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोविन्द दाहालले मोदीको सुरक्षा व्यवस्थापनका लागि भारतीय वायुसेनाको विमान आएको बताए । दिल्लीबाट आएको  वायुसेनाको विमान  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उनले बताए ।

मोदी लुम्बिनीमा आयोजना हुने २५६६ औं बुद्ध जयन्तीका अवसरमा जेठ २ गते लुम्बिनी भ्रमणमा आउँदैछन् । वायुसेनाको विमान सुरक्षाकर्मी र गाडी छाडेर आजै दिल्ली फिर्ता भएको छ । लुम्बिनीमा भारतले निमार्ण गर्न लागेको बिहार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप