शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

बुधबार, २८ वैशाख २०७९, १३ : २५
बुधबार, २८ वैशाख २०७९

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । काठमाडौं, म्याग्दी, नवलपरासी लगायतका जिल्लाहरुमा भएका सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हो । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ छोटेपामा ग.२ ख. ६५८ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेहरुमा ट्रकमा सवार मकवानपुर गोकर्ण बस्ने ३४ वर्षीय सन्तबहादुर तितुङ र म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ दोवा बस्ने ४३ वर्षीय खुमबहादुर रामजाली रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  काठमाडौंको काठमाडौं महानगरपालिका–१४ कलंकी चोकमा बा.५ ख ७३४५ नम्बरको टिपरले बा.८० प ६३७३ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ धुनीबेंसी नगरपालिका–२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नवलपरासी (पूर्व) को गैँडाकोट नगरपालिका–२ भृकुटी चोकमा ना.३ ख १८९ नम्बरको ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका ४५ वर्षीय पुरुष रहेका छन् । उनको मंगलबार दिउँसो मृत्यु भएको हो । 

सुतिरहेको अवस्थामा ट्रकले किचेर गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  चितवनको भरतपुर महानगरपालिका–२५ अमृत चोकमा ना.५ त ५७३१ नम्बरको ट्रयाक्टरले ना.५१ प ८२३४ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही महानगरपालिका–२२ बस्ने २९ वर्षीय बिनय बोटे रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनामा घाइते भएका  सोही ठाउँ बस्ने ५२ वर्षीय बाबुराम चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप