आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

इन्जिनमा समस्या देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

बुधबार, २८ वैशाख २०७९, १२ : ३२
बुधबार, २८ वैशाख २०७९

धनगढी उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ । बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि इन्जिन सटडाउन गरेर काठमाडौंमा आकस्मिक अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए । 

२५ माइलमा पुगेपछि उडान नम्बर–२२३ विमानको इन्जिनमा समस्या देखिएको थियो । ८७ जना यात्रु बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरिएको छ । अहिले जहाजको प्राविधिक परीक्षण भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप