सुर्खेतको सिम्तामा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप, ६ जना घाइते
बुधबार, २८ वैशाख २०७९, १२ : १६
सुर्खेतको सिम्तामा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई एमाले कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् । गएराती साढे १० बजे सुर्खेतको सिम्ता गाउँपालिका–६ मा दुई पार्टीका कार्यकर्ताहरूबीच झडप भएको थियो ।
झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन् । उनीहरुको अहिले नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ‘प्रहरीले सम्झाई बुझाई गर्दा काँग्रेसका कार्यकर्ता व्याक भए । तर एमाले कार्यकर्तालाई सम्झाई बुझाई गर्दा पनि नमान्दा प्रहरीतर्फ आक्रमण गर्ने प्रयास गरे।
जसका कारण चार प्रहरी र दुई कार्यकर्ता सामान्य घाइते भएका छन्’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश
-
मस्कले साँच्चै दिन लागेका हुन् २ करोड डलर क्रिप्टो दान ?
-
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
-
नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौं : मन्त्री गुरुङ
-
१३ वर्षपछि सिरियामा दूतावास खोल्दैछ कतार
-
वार्षिक १० हजार जनालाई रोजगारी दिने ‘कर्णाली समृद्धि परियोजना’ अलपत्र