बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा सर्वदलीय बैठकबाट काँग्रेस प्रतिनिधि हतियारसहित पक्राउ

बुधबार, २८ वैशाख २०७९, १२ : ०६
बुधबार, २८ वैशाख २०७९

गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् ।  बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट काँग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

‘निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बोलाइएको रहेछ । बैठकमा काँग्रेसको तर्फबाट प्रतिनिधि भएर गएका मनोज गुरुङको झोलाबाट खुकुरी फेला परेको छ । उनलाई हाम्रो टोलीले नियन्त्रणमा लिएर राखेको छ’, श्रेष्ठले भने  ।

घटनाबारे थप अनुसन्धान गर्नका लागि आफू घटनास्थलतर्फ गइरहेको श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप