कोरोनाको तेस्रो लहर र ओटीटीको बढ्दो प्रयोगले घट्यो टेलिकमको नाफा
![कोरोनाको तेस्रो लहर र ओटीटीको बढ्दो प्रयोगले घट्यो टेलिकमको नाफा](https://rpcdn.ratopati.com/media/albums/telecom_2_aWxbwBrkKj.jpg)
चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा नाफा घटेको कम्पनीले जानकारी दिएको हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ थियो । जुन, यो वर्षको सोही अवधिमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँमा आइपुगेको छ । यो, ४४ करोड ९१ लाख २५ हजार रुपैयाँको गिरावट हो ।
कोभिड महामारीको तेस्रो लहर र ओभर द टप (ओटीटी)को बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तर आबद्धता सेवाको प्रयोगमा कमी आउँदा गत नाफा घटेको कम्पनीले बताएको छ । गत वर्ष २०७८ को माघ महिनामा चलेको कोभिड–१९ को महामारीको तेस्रो लहरले नाफा ह्वात्तै घटेको जनाइएको छ ।
यसैगरी, अन्तरआवद्वता शुल्क सम्बन्धी निर्देशिका अनुसार घरेलु अन्तरआवद्वता शूल्क ट्यारिफ घट्दाको प्रभाव समेत नाफामा देखिएको छ । सेवा व्यापकरुपमा विस्तार गरेकाले मर्मत सम्भार खर्चमा वृद्धि हुँदा समेत खुद मुनाफामा कमी आएको बताइएको छ । यस्तै, महामारीमा मोबाइल डाटाको खपत बढेपनि जीएसएमतर्फको सेवा शूल्क घटाउँदाको प्रभाव समेत तेस्रो त्रैमासको नाफामा देखिएको छ ।
यद्यपी, यस अवधिमा कम्पनीको कूल सञ्चालन आए २.८ प्रतिशतले बढ्दै २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपैयाँ पुगेको छ । यस्तै, कूल आय २.७२ प्रतिशतले बढेर ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशस्तरीय महिला फुटबल : इलाम र ताप्लेजुङ सेमिफाइनलमा प्रवेश
-
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
-
बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै काठमाडौँ महानगर
-
कल्भर्ट भत्किँदा च्यापिएर एक जनाको मृत्यु
-
सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक विमोचन
-
परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान