अल जजिराकी पत्रकार शिरिनकाे इजरायली सेनाद्वारा गोली हानी हत्या
बुधबार, २८ वैशाख २०७९, ११ : २६
अल–जजीराकी एक पत्रकारलाई बुधबार बिहान इजराइली बलले ओगटेको वेस्ट बैंक सहर जेनिनमा इजरायली आक्रमणबारे समाचार कभर गर्ने क्रममा गोली हानी हत्या गरिएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।
अरबी भाषा च्यानलका लागि प्रसिद्ध प्यालेस्टिनी रिपोर्टर शिरिन अबू अक्लेहलाई गोली हानिएको र लगत्तै उनको मृत्यु भएको बताइएको छ । जेरुसेलममा रहेको अल–कुड्स अखबारका लागि काम गर्ने अर्का प्यालेस्टिनी पत्रकार घाइते भएका छन् । उनको अवस्था स्थिर छ ।
स्वास्थ्य मन्त्रालयले पत्रकारहरू इजरायली गोलीबारीबाट प्रभावित भएको बताएको छ । सेनाले यसबारे कुनै टिप्पणी गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण