बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पूर्वमा एमाले कार्यकर्ताको हत्या आरोपमा ३ जना पक्राउ

बुधबार, २८ वैशाख २०७९, ११ : २४
बुधबार, २८ वैशाख २०७९

पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा एमाले निकट जुनमाया बुढाको हत्या भएको छ । वैशाख १९ मा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो । झडपपछि जुनमाया बेपत्ता भइन् ।

वैशाख २६ मा जुनमाया पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–११ स्थित जंगलमा मृत भेटिइन् । जुनमायालाई हत्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी नलप्रसाद उपाध्यायले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा अर्जुन बुढा, कुमार सिंह र जयकुमार बुढा छन् । हत्या आरोपमा पक्राउ परेकाहरु नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन् । नेकपा एमाले र माओवादी केन्द्रको बीचमा पुथा उत्तरगंगा–११ स्थित तल्लासेरामा झडप भएको थियो । झडप भएको ठाउँभन्दा १ घण्टा माथि जंगलमा जुनमाया मृत भेटिएकी हुन् । मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप