रुकुम पूर्वमा एमाले कार्यकर्ताको हत्या आरोपमा ३ जना पक्राउ
पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा एमाले निकट जुनमाया बुढाको हत्या भएको छ । वैशाख १९ मा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो । झडपपछि जुनमाया बेपत्ता भइन् ।
वैशाख २६ मा जुनमाया पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–११ स्थित जंगलमा मृत भेटिइन् । जुनमायालाई हत्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी नलप्रसाद उपाध्यायले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा अर्जुन बुढा, कुमार सिंह र जयकुमार बुढा छन् । हत्या आरोपमा पक्राउ परेकाहरु नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन् । नेकपा एमाले र माओवादी केन्द्रको बीचमा पुथा उत्तरगंगा–११ स्थित तल्लासेरामा झडप भएको थियो । झडप भएको ठाउँभन्दा १ घण्टा माथि जंगलमा जुनमाया मृत भेटिएकी हुन् । मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण