शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

राजेशको ‘सत्यम्’ को शीर्ष गीत सार्वजनिक

बुधबार, २८ वैशाख २०७९, ११ : २०
बुधबार, २८ वैशाख २०७९

घोषणा भएको लामो समय बितिसक्दा पनि फिल्म ‘सत्यम्’को काम अझै अगाडि बढ्न सकेको छैन । फिल्म नबन्न सक्ने हल्ला समेत चलिरहेको समय निर्माण युनिटले भने अहिले गीत सार्वजनिक गरेको हो ।
गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको शब्द, कुटुम्ब ब्यान्डको म्युजिक, योगेश काजीको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा पनि राजेश हमाललाई मात्रै देखाइएको छ । 

फिल्मका मुख्य अभिनेता मध्येका एक पल शाह बलात्कार अभियोगमा जेल गएपछि फिल्म छायांकनमा ढिलाई भएको हो । निर्माता रेशम सापकोटा पल शाहको घटनाको छानविन निष्कर्षमा नपुगेसम्म यो प्रोजेक्टको छायांकन गर्ने नगर्ने निर्णय गर्न कठिन भएको बताउँछन् । 

फिल्म बन्ने नबन्ने बिषयमा छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी भइरहेको सापकोटाको भनाइ छ । प्रि–प्रोडक्सनको काम लगभग सकिएको फिल्ममा राजेश हमाल, पल शाह, अनुप विक्रम शाही, उपासना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहने यसअघि बताइएको थियो । फिल्मको निर्माण लागत ७ करोड रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप