रोल्पामा २९ मतदान केन्द्र अतिसंवेदनशील, मतदाता पुरुषभन्दा महिला धेरै

स्थानीय तहको निर्वाचन सुरक्षाका लागि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी गरेको जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएका कारण सुरक्षामा कुनै समस्या नहुने सुरक्षा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
जिल्लामा ८१ मतदानस्थल र १७३ मतदान केन्द्र रहेका छन् । तीमध्ये २९ अतिसंवेदनशील, ४० संवेदनशील र १२ समान्य रहेको सापकोटाले बताए । रोल्पामा ४५० नेपाली सेना, ४९९ नेपाल प्रहरी, ३११ सशस्त्र प्रहरी र ८३३ म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए ।
उनले निर्वाचन सुरक्षाका लागि वैशाख २ देखि नै सुरक्षा निकाय परिचालन भएको बताए । जिल्लामा पछिल्ला दिनमा राजनीतिक दलको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण सुरक्षा चुनौती भने थपिएको बताएको छ । रोल्पामा ७१ हजार ९३४ पुरुष र ७३ हजार ५१० महिला गरेर एक लाख ४५ हजार ४४४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ध्रिताकुमारी खत्रीले जानकारी दिए । जिल्लामा पुरुष मतदाताभन्दा एक हजार ५७६ महिला मतदाता बढी छन् ।
जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा लामो समय देश बाहिर भएका कारण महिला मतदाताको सङ्ख्या बढी देखिएको बताइएको छ । मतदाता सूचीमा करिब एक हजार ५७६ बढी मात्र महिला मतदाता देखिए पनि मतदानमा यो सङ्ख्याको अन्तर अझै बढ्न सक्ने आकलन गरिएको छ । जिल्लामा चुनावी प्रचार–प्रसारमा समेत महिलाको सङ्ख्या बढी देखिएका कारण मतदानमा समेत यसको प्रभाव पर्न सक्ने बताइन्छ । रोल्पामा स्वतन्त्रसहित एक हजार १३० उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लाका केही मतदान केन्द्रलाई मात्र संवेदनशील भनिएकामा पछिल्ला दिनमा राजनीतिक दलमा देखिएको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण जिल्लाका सबै मतदान केन्द्र संवेदनशील रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निरंकुशतावादीलाई कडा कारबाही गर्ने सही समय आयो : अध्यक्ष प्रचण्ड
-
गठबन्धनका कारण महिला सहभागिता घट्यो : पूर्वराष्ट्रपति भण्डारी
-
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
-
राणा पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा
-
ज्ञानेन्द्रलाई काट्यो काठमाडौँ महानगरपालिकाले ८ वटा पत्र
-
एसएसएफबाट ५ वर्षमा १ अर्ब ८३ करोड भुक्तानी