आमिर खानकी छोरी आइराले बिकिनीमा जन्मदिन मनाउँदा...
बलिउडका सुपरस्टार भनिने आमिर खानकी छोरी आइरा खानले आफ्नो जन्मदिन परिवार र नजिकका साथीसँग मनाइन् । यो विशेष अवसरका लागि आमिरका पूर्व पत्नीद्वय रिना दत्त र किरण राव सँगै देखिए । आइराका प्रेमी नुपुर शिखरे र सौतेनी भाइ आजादलाई पनि उक्त कार्यक्रममा देखियो ।
गर्मी लागेसँगै पुल पार्टीभन्दा अरु राम्रो विकल्प के होला र ? आइराले आफ्नो जन्मदिन मनाउन यही अवधारणा अपनाइन् । उनको जन्मदिनका केही तस्बिर चर्चाको विषय बनेको छ । आइराले जन्मदिनको केक काट्दै गर्दा आमिर, आजाद र रिना उनको नजिकै थिए ।
उनका जन्मदिनका तस्बिरमा धेरैले निकै नराम्रो कमेन्ट पनि गरेका छन् । धेरैले आइरा खानको भिन्न शैलीको आलोचना गरेका छन् । कतिले भने केट काट्नुभन्दा अघि ड्रेस चेन्ज नगरेको भन्दै उनको ‘संस्कार’ माथि पनि प्रश्न उठाएका छन् ।
उनका तस्बिरमाथि आएको प्रतिक्रिया हेर्नुअघि आइराले इन्स्टाग्राममा सेयर गरेका केही तस्बिर हेरौँ ।
उनको तस्बिरमाथि कमेन्ट गर्दै एकजना प्रयोगकर्ताले लेखेका छन्, ‘यो कस्तो सेलिब्रेसन हो भाइ ।’ अर्काले लेखेका छन्, ‘यी बलिउडकाहरुले नै हाम्रो संस्कृति खराब गरिरहेका छन् ।’ ‘कपडा लगाएपछि मात्रै केट काटेको भए हुन्थ्यो नि बहिनी,’ अर्का एकजनाले कमेन्ट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण