मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एलन मस्कले ट्विटरमा ट्रम्पको फिर्तीबारे भने, ‘प्रतिबन्ध हटाउनेछौँ’

बुधबार, २८ वैशाख २०७९, ०९ : ५५
बुधबार, २८ वैशाख २०७९

टेस्लाका सीईओ एलन मस्कले डोनल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध हटाइने जानकारी दिएका छन् ।

उनले मंगलबार फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लगाइएको प्रतिबन्ध हटाउने बताएका छन् ।

४४ अर्ब डलरमा ट्विटर किन्ने सम्झौता गरेका एलन मस्कले आफूलाई ‘स्वतन्त्र अभिव्यक्ति’ को समर्थकको रुपमा व्याख्या गरेका छन् । र यसअघि पनि थुप्रै अवसरहरूमा ट्रम्पले प्लेटफर्मबाट सदाका लागि प्रतिबन्ध लगाउने निर्णयको आलोचना गरिसकेका छन् ।

फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले ट्रम्पमाथि लगाइएको प्रतिबन्ध हटाउने आफ्नो धारणाको पक्षमा तर्क गर्दै भने, ‘ट्विटरमा ट्रम्पका वास्तविक फलोअरहरू छन् जसले उहाँलाई फलो गर्छन्, बट वा नक्कली फलोअरहरू होइनन् । यस्तो अवस्थामा, उहाँलाई प्लेटफर्मबाट हटाउनाले ती सबै प्रयोगकर्ताहरूको ट्विटरमाथि विश्वास कमजोर हुन्छ । सबैको मन खोलेर कुरा गर्ने अधिकार हुन्छ ।’

‘यदि कुनै ट्वीट वा पोस्ट विवादास्पद छ वा मानिसहरू माझ गलत सन्देश सम्प्रेषण गर्छ भने, ती ट्वीट हटाउनु पर्छ वा यसको पहुँच कम गर्नुपर्छ । मैले यसबारे ज्याक डोर्सीसँग कुरा गरेँ र उनी पनि कसैलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनु उचित होइन भन्ने कुरामा विश्वास गर्छन् । म एक मूर्खतापूर्ण निर्णय थियो ।’

जनवरी ६, २०२१ मा अमेरिकी संसद्मा भएको हिंसापछि ट्रम्पको ट्विटर स्थायी रूपमा बन्द गरिएको थियो । ट्विटरले ‘हिंसा भड्काउने जोखिम’ भन्दै आफू यस्तो गर्न बाध्य भएको बताएको थियो ।

यद्यपि ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा मस्कले किनेर आफ्नो खाता पुनस्र्थापित गरे पनि आफू ट्विटरमा नफर्किने स्पष्ट पारिसकेका छन् ।

ट्रम्पले आफू ‘ट्रुथ सोसल’ नामको आफ्नै सोसल मिडिया एप प्रयोग गर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप