चुनावमा काठमाडौँ छाड्नेको लर्को, तस्बिरहरू हेर्नुहोस्
बुधबार, २८ वैशाख २०७९, ०९ : ३२
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ छाडेर घर जानेहरूको लर्को लागेको छ । विशेष गरी काठमाडौँबाट छिमेकी जिल्लाहरूमा जाने मानिसहरू धमाधम गाउँ फर्किन थालेका हुन् ।
काठमाडौँको बालाजु, बल्खु, कलङ्की लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरूको लाम देख्न सकिन्छ । ५ वर्षपछि स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाने मतदाताहरू उत्साहित देखिन्छन् । गाउँ फर्किनेहरूको सङ्ख्या बढिरहेकोले सवारीहरूमा सर्वसाधारण खचाखच भरिएका छन् ।
ट्राफिक प्रहरीका अनुसार हिजोमात्र ५९ हजारले काठमाडौँ छाडेको र आज सो सङ्ख्या थप बढ्ने छ । यता काठमाडौँका सडकमा भने विगतको भन्दा कम सवारी देखिएका छन् । आजदेखि मौन अवधि सुरु भएसँगै दलीय प्रचारप्रसार पनि बन्द भएको छ । हेर्नुहोस् फोटोपत्रकार सुवास श्रेष्ठले कैद गरेका तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटिजन्स बैंक खुला टेनिस : राष्ट्रिय च्याम्पियन प्रदीप सेमिफाइनलमा
-
बलात्कार आरोपमा उदयपुरबाट एकजना पक्राउ
-
बिदाको दिन चलाइएका पाँच सरकारी सवारी साधन नियन्त्रणमा
-
सडक र टोलले सम्झिन्छ सहिद घिमिरेलाई
-
सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार